मुस्लिम इत्तेहादको छैठौं महाधिवेशन आजदेखि काठमाण्डुमा,अध्यक्ष अ‍ोलीले उद्घाटन गर्ने

मुस्लिम इत्तेहादको छैठौं महाधिवेशन आजदेखि काठमाण्डुमा,अध्यक्ष अ‍ोलीले उद्घाटन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं महाधिवेशन शनिवार आजदेखि काठमाण्डुमा सुरु हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट दिउंसो राष्ट्रिय सभागृहमा उद्घाटन हुने महाधिवेशनमा देशभरबाट ७ सय जना प्रतिनिधि सहभागी हुनेछन् । यसअघि पाचौं महाधिवेशन २०६८ सालमा वीरगञ्जमा भएको थियो ।

छैठौं महाधिवेशनको सबै तयारी पूरा भएको प्रचार प्रसार विभागका लालबाबु शेखले बताए । महाधिवेशनको बन्द सत्र भने प्रज्ञा भवन, कमलादीमा हुनेछ ।

छैठौं महाधिवेशनले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गर्ने महाधिवेशन संयोजक तथा पार्टीका केन्द्रिय सदस्य हाजी सेराज अहमद फारुकीले बताए।