हेलिकोप्टरमा बाह्रबिसे उडेको सभामुखको टोली धुलिखेलबाट फर्कियो

हेलिकोप्टरमा बाह्रबिसे उडेको सभामुखको टोली धुलिखेलबाट फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीबाट भएको क्षति अवलोकन गर्न हेलिकोप्टरमा उडेको सभामुखको टोली बीच बाटोबाटै फर्किएको छ ।

मौसम खराबी भएका कारण बिहान ९ बजे सभामुख अग्नी सापकोटालगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको हो ।

सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

उनले बाह्रबिसेमा बाढी र पहिरो क्षति अवलोकन गर्न र उद्धरको ब्यवस्था थप मिलाउन सभामुखसहित गएको टोली घटनास्थल पुग्न नसकेको भन्दै अनुकुल मौसम हुनेबित्तिकै जाने तयारीमा रहेको जानकारी दिए ।