सुशान्तको ‘दिल बेचरा’ को ट्रेलरले राख्यो विश्व रेकर्ड


काठमाडौं – सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ ।

दिवंगत अभिनेता सुशान्त र अभिनेत्री सन्जना सांघीको मूख्य अभिनय रहेको फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक भएको २४ घण्टा नवित्दै ट्रेलरले युट्युवमा नया रेकर्ड राख्न सफल भएको छ ।

सार्वजनिक नभएको २० घण्टा मै चलचित्रको ट्रेलरलाई ५२ लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।

मुकेश छाबडाको निर्देशनमा बनेको यस फिल्मको रिलिज मितिपनि घोषणा गरिएको छ । यस फिल्मको रिलिज जुलाई २४ मा गरिने बताइएको छ । यो फिल्म हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।

डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने भारतिय मिडियामा बताइएको छ । अभिनेता सुशान्तले केही समयअघि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका थिए । सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement