काठमण्डु – नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपा नामको साइनबोर्ड हटाएको छ ।
बुधबार संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको बोर्ड राखिएको हो ।
गत आइतबार सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि आआफ्ना पार्टी कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।
हिजो मंगलबार एमालेले धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको छ । त्यस्तै पेरिसडाँडास्थित कार्यालयमा पनि माओवादी केन्द्रको बोर्ड राखिएको छ ।




प्रतिक्रिया