भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतियोगी छनोट


काठमाण्डु- गायन रियालिटी शो ‘ द भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट चार प्रतियोगी छनोट भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एक जना प्रतिभा फाइनलका लागि छनोट भएका हुन्।

फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन्। उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलको यात्रा सुरक्षित गरेका हुन् । टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् । उनको प्रतिष्पर्धी काठमाण्डुका सोनाम शेर्पा रहेका थिए ।

यस्तै‚ टिम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् । उनले अफ्रिता खड्गीलाई पछि पारेका हुन् । यस्तै टिम प्रमोदबाट अमेरिकाबाट सहभागी किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । उनले भारतको सिक्किमका रवि गहतराजलाई पछि परेका हुन् । उनीहरु भोट मार्फत छनोट भएका हुन् ।

यी चारै जनाले आज शनिवारको एपिसोडमा फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement