अध्यादेशविरुद्ध सर्वोच्चमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुने

अध्यादेशविरुद्ध सर्वोच्चमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुने


काठमाण्डु – सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दायर गरिएको छ ।

अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओम प्रकाश अर्याल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कन्चनकृष्ण न्यौपानेले अलग–अलग रिट दायर गरेका हुन् ।

तीनवटै रिट सुनुवाइका लागि शुक्रबार संवैधानिक इजलासमा पेश हुने सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

रिटमाथि शुक्रबार नै संवैधानिक इजलासमा सुनुवाइ हुने बताइएको छ ।