ताप्लेजुङमा एमाले उम्मेदवार थेबे निर्वाचित

ताप्लेजुङमा एमाले उम्मेदवार थेबे निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार थेबेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुलाई पराजित गरेका हुन् ।

थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।

नेकपाका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत, श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरेका छन् ।

ताप्लेजुङ जिल्ला यसअघि लामो समयदेखि योगेश भट्टराईको निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको थियो । यसपटक एमालेले योगेशलाई उम्मेदवार नबनाएर नयाँ उम्मेदवारका रूपमा थेबेलाई मैदानमा उतारेको थियो ।