ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य

ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्।

पप्पु कन्स्ट्रक्सनका सञ्चालन हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेको छ।

रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन्। उनीहरु प्रतिनिधिसभा नियामावली विपरीत स्वार्थ बाझिने गरी समितिमा बसेका हुन्।

नियमावलीको नियम २१६ मा सांसदले पालना गर्नुपर्ने आचारसंहितामा आफ्नो स्वार्थ बाझिएको समितिको सदस्य हुन नपाउने व्यवस्था छ।,यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।