ठेकेदार महाधिवेशनमा व्यस्त,ठेक्का अलपत्र

ठेकेदार महाधिवेशनमा व्यस्त,ठेक्का अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा हुलाकी राजमार्गको निर्माण कार्यमा निर्माण कम्पनीले चरम लार्पबाही गर्दै आएको पाइएको छ । झण्डै साढे चार बर्ष अघि निर्माण कार्य शुरु भएको कञ्चनपुरको हुलाकी सडकमा निर्माण कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको हो ।

कञ्चनपुरमा हुलाकी सडक १ फागुन, ०७३ मा निर्माणका लागि शिलान्यास गरिएको थियो । निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएपनि अहिलेसम्म आयोजना निर्माण हुन नसकेको हो ।

६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासंग सम्झौता गरेका थिए । ३० भदौं ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरी ८ महिना थप गरेर ३० चैत्र ०७६ सम्म म्याद थप गरिएको थियो । त्यसपछि ८ र ४ महिना म्याद थप भएपनि काम भने अझै सम्पन्न भएको छैन । उनिहरुले दुई पटक म्याद थप हुंदा समेत काम नसकेर हुलाकी राजमार्गको काम अलपत्र पारेका हुन ।

निर्माण कम्पनीले सम्झौता गरेको ५० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक थप बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै गएको छ । दोस्रो फेज बेलडांडी र बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर काम अलपत्र पारिएको छ ।

शर्मा जेभी निर्माण कम्पनी परशुराम नगरपालिका मेयर एव कांग्रेस नेता भीम बहादुर साउदको निर्माण कम्पनी हो । तर, आफै मेयर जनप्रतिनिधी भएपनि उनको कम्पनीले निर्माण कार्यमा ढिलासुस्ती गरेको हो । उनी आज मात्रै कांग्रेसको जिल्ला सभापति निर्वाचित भएका छन् । साउंदले ठेक्का लिने काम नगरेर अलपत्र पार्ने काम गर्दै आएका छन । उनि प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन ।

सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बर्षौदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुंदा स्थानीय आक्रोसित भएका छन् । यसअघि उनिहरुले अँन्दोलन समेत गरेका थिए ।

हुलाकी सडक छेउमै घर भएका बेलडांडी गांउपालिका १ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लापरवाही र ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको आरोप लगाए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पूनर्वास नगरपालिका २ मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे हुंदा हिडडुल गर्न समस्या भएको बताए । ‘एक गाडी आउंदा पुरै धुलो उडाएर जान्छ, ‘उनले भने, ‘ठेकेदार कम्पनीले न सडक बनायो न पानी छर्कियो ।’

पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडांडी हुंदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुंदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७\०७८ सम्म ६९ करोड भुक्तानी गरिएको छ ।

पहिलो फेज ३५ करोडमा गरिएको सम्झौता २४ करोड भुक्तानी, दोस्रो ४१ करोडमा २२ करोड र तेस्रो ४१ करोडमा २२ करोड रुपैयामा सम्झौता गरिएको भएपनि सम्झौता अनुरुप काम भएको छैन ।

हुलाकी राजमार्ग आयोजना कार्यालयले कुल ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका दुवै कम्पनीले ६८ प्रतिशत काम गरेको र ५० प्रतिशत भुक्तानी पाईसकेको जनाएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालयले समेत ठेकेदार नेता भएकाले ताकेता गर्न डराईरहेको छ ।