थेसिस चोरी रोक्न विश्वविद्यालयमा सफ्टवेयर

थेसिस चोरी रोक्न विश्वविद्यालयमा सफ्टवेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवनलगायत विश्वविद्यालयले लेखररचना वा थेसिस चोरी रोक्न ‘एन्टी–प्लेगरिजम सफ्टवेयर’ प्रयोगमा ल्याउने भएका छन्। सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ।

आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफ्टवेयर सञ्चालनका लागि त्रिवि केन्द्रीय पुस्तकालायसहितका सम्बद्ध संस्थागत प्रस्ताव माग गरेको छ।

उक्त सफ्टवेयरले जुनसुकै विषयमा गरिएका शोध तथा अनुसन्धान कार्य थेसिसमा गसअघि गरिएको शोधकार्यको नक्कल वा पुनः उद्धृत कार्यको मूल्यांकन गर्नेछ। मुलुकमा ११ विश्वविद्यालय छन्। त्यसैगरी पाँचवटा मानीत विश्वविद्यालय छन्। यो समाचार कान्तिपुर दैनिकमा छ ।