हिरा चोर्न पुगेका असईसहित चार जना पक्राउ


मकवानपुर – मकवानपुर प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पत्रकार र तीन प्रहरी पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेलको नेतृत्वमा लुटपाटको योजना बनाएर मकवानपुर पुगेको ४ जनाको समूहलाई आइतबार राती पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा असई बसेलसहित प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेत रहेका छन् । त्यस्तै आफूलाई पत्रकार रुपमा चिनाउने सुजन आचार्य पनि नियन्त्रणमा छन् ।

उनीहरु हिरा किन्ने भन्दै मकवानपुर पुगेका थिए । पक्राउ परेका प्रहरीहरु घुमुवा टोलीमा थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement