काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ । संखुवासभाबाट प्रतिनिधिसभासदस्य रहेका सांसद गौतमको काठमाडौंमा १० मा अवस्थित आफ्नै निवासबाट रकम र गरगहना चोरी भएको हो ।
बुधबार दिउँसो श्रीमती र आफू घरबाहिर भएको बेला घरको चाबी फुटाएर चोरी भएको गौतमले बताएका छन् ।
नयाँबानेश्वर क्षेत्रमा रहेको देविनगरस्थित सांसाद गौतमको कोठाबाट चोरी भएको हो । नगद र सुन चाँदी गरेर करिव ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरका डिएसपी दिपक रेग्मीले जानकारी दिए ।
गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया