वर्षमान पुनको स्वास्थ्यमा सुधार आएन, थप उपचारका लागि थाइल्याण्ड लगिँदै

वर्षमान पुनको स्वास्थ्यमा सुधार आएन, थप उपचारका लागि थाइल्याण्ड लगिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । जण्डिसको मात्रा बढेको र भोमिट हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा थप समस्या बढेपछि पुन भोली थाईल्याण्डको बैंकक जान लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनलाई भेटेर थाइल्याण्ड जान सुझाएका थिए ।

अध्यक्ष प्रचण्डको सल्लाहापछि थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भिर विरामी परेर थाईल्याण्डको बु्रमुङगार्ड अस्पतालमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको झण्डै एक महिना उपचार गरेपछि नेपाल ल्याईएको हो । अहिले पनि पुनलाई पुरानै रोग बल्झिएको हो । पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन भोलि विहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकका लागि उड्नेछन् ।