देउवा सरकारको पालामा नियुक्त भएका ३ देशका राजदूत फिर्ता बोलाइए

देउवा सरकारको पालामा नियुक्त भएका ३ देशका राजदूत फिर्ता बोलाइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बंगलादेशका लागि नेपाली राजदूतमा डा चोपलाल भुषाल, दक्षिण कोरियाका लागि अर्जुनजंग बहादुर सिंह र स्पेनका लागि भरतबहादुर रायमाझी कार्यरत थिए।

फिर्ता बोलाइएका सबैजना यसअघिको शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका थिए।उनीहरुलाई नेपाल फर्किनका लागि ३ साताको समय दिइएको छ। भुषाल र सिंह नेपाली कांग्रेस तथा रायमाझी राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा राजदूत नियुक्त भएका थिए। सरकारले देउवा सरकारले नियुक्त गरेका अन्य ४ राजदूतहरु विश्वम्भर प्याकुरेल (श्रीलंका), प्रतिभा राणा (जापान), रमेश कोइराला (कतार), भिम उदास (म्यानमार)लाई भने यथावत राख्ने भएको छ।

अघिल्लो पटक केपी शर्मा ओली कै सरकारमा तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा ओमानका लागि राजदूत भएकी शर्मिला पराजुली ढकाललाई पनि फिर्ता नगर्ने निर्णयमा सरकार पुगेको हो। तत्कालिन परराष्ट्रमन्त्री कमल थापाको सिफरिसमा इजरायलका लागी निरन्जन थापा राजदूत बनेका थिए ।राजदूत  थापालाई फिर्ता बोलाएर उनको स्थानमा अञ्जान शाक्यलाई पठाउन ‘एग्रिमो’ जापान सरकारसमक्ष प्रेसित गरिसकिएको छ।

देउवाकै पालामा तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट अष्ट्रेलियाको राजदूतमा नियुक्त लक्की शेर्पा भने मानव तस्करीको आरोपमा मुछिएको आरोप लागेपछि विवादमा तानिएकी छिन्। उनलाई अनुसन्धानका लागि भन्दै परराष्ट्र मन्त्रालयले नेपाल झिकाएको छ। हाल शेर्पामाथिको आरोपका सम्बन्धमा छानबिन चलिरहेकोले मन्त्रिपरिषद्ले उनलाई फिर्ता बोलाउने-नबोलाउने सम्बन्धमा भने निर्णय लिइसकेको छैन।