यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रही केहि स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । राति प्रदेश १ र बागमतीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै बुधबार दिउँसो  प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार पनि प्रदेश नं १ पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।