काठमाडौ – विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने भएका छन्। संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया अगाडि बढ्ने जानकारी दिए। गोरखापत्र दैनिकका अनुसार सरकारले असार २४ गते राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पारित गरेको थियो।
निर्देशिका अनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै सिफारिस प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था छ। राजदूत नियुक्तिमा समावेशिताका विषयमा समितिले मन्त्री ज्ञवालीलाई छलफलका लागि बोलाएको थियो। मन्त्री ज्ञवालीले सकभर सरकारले दौत्य सम्बन्ध कायम गरी दूतावास स्थापना भएका देशमा राजदूत खाली नगर्ने सरकारको नीति रहेको बताए।
समितिमा मन्त्री ज्ञवालीले भने, ‘रिक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्ति प्रक्रिया सुरुवात गर्ने निर्देशिका अहिले हामीले प्रचलनमा ल्याएका छौँ।‘‘हामीले जेनेभामा राजदूतको पदावधि कायम रहँदै नयाँ राजदूत सिफारिस समेत गरिसकेका छौँ। नयाँ मापदण्ड अनुसार नै हामीले सिफारिस गरेका हौँ।’




प्रतिक्रिया