३ नम्बर प्रदेशलाई देशकै नमूना प्रदेश बनाउंछु : मुख्यमन्त्री पौडेल


हेटौंडा – प्रदेश नम्बर ३ मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ लाई देशकै नमूना प्रदेश बनाउने बताएका छन् । उनले सातवटा प्रदेश मध्ये ३ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन विकाशको नयां मोडलका साथ काम गर्ने बताए ।

प्रदेश मन्त्रिपरिषद्ले के काम गर्ने, के काम नगर्ने भन्ने बिषयमा कानुननै बनिनसकेको उल्लेख गर्दै उनले कानुन निर्माण भएपछी यो प्रदेशमा भएका सबै संरचनाको अध्यनन गरेर काम थाल्ने उनले बताए ।

ठाउंको सम्भावना अनुसार विकासका लागि जोड गर्नुपर्ने बताउंदै उनले भने, ‘मकवानपुरको एउटा सम्भावना होला, चितवनको अर्को सम्भावना छ, काठमाडौंको अर्को सम्भाबना छ, त्यही सम्भावनालाई टेकेर बिकाशको खाका तयार गरेर काम अगाडि बढाउंछु ।’

विकेन्द्रिकरण र शहरी विकासमा दख्खल राख्ने पौडेलले तीन नम्बर प्रदेशमा फराकिलो सडक र खेतीयोग्य जमिनको संरक्षण गर्दै ब्यवस्थित बस्ती बसालेर सुन्दर समाजको निर्माण गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement