काठमाण्डु – विपक्षी गठबन्धनका तीन दलबीच नयाँ सरकार गठनबारे छलफल भएको छ ।
मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जनतासमाजवादी पार्टीबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो ।
उक्त बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवल सहभागी थिए ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् ।




प्रतिक्रिया