प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुटे तीन दल

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुटे तीन दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बताएपछि विपक्षी दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनधारी तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सोमबार दिउँसो ४ बजे छलफल हुन लागेको हो ।

बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव, सरकार निर्माण, लुम्बिनी प्रदेशमा भएको पछिल्लो घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने बताएका थिए ।

सोहीअनुसार बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले २७ गते मंगलबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेकी छन् ।