काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आईतबार थुनामा राख्ने म्याद थपका लागि आरोपीहरूलाई जिल्ला अदालत काठमाण्डुमा पेश गर्दा थप ५ दिन हिरासतमा राख्न अनुमति पाइएको हो ।
राजसंस्था पुनःस्थापनाको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर दुर्गा प्रसाईमाथि पनि सोही कसूरमा म्याद थप भएको छ । यसअघि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेका मिश्रलाई छैटौंपटक म्याद थप गरिएको छ । यसअघि गत वैशाख १४ गते ७ दिन म्याद थपिएको थियो । तीनकुने घटनामा ५६ जना प्रहरीको हिरासतमा छन्, जसमध्ये २५ जनामाथि राज्य विरूद्धको कसूरमा र अन्य बाँकीविरूद्ध आपराधिक उपद्रव कसुरमा अनुसन्धान अघि बढाएको छ भने प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।




प्रतिक्रिया