काठमाण्डु – विस. २०७८ साल वैशाख २३ गते बिहीबार । इस्वी सन् २०२१ मार्च ०६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरूले राज्यबाट पद पाउने समय रहेको छ । विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । अध्ययन अध्यापनमा अरूलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोस जाँगर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नुपर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।




प्रतिक्रिया