काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज तीनवटा प्रदेशमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ।
बिहीबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ। यस्तै दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।
प्रदेश –१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश–१, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया