यस्तो रहनेछ विहीबारको मौसम पूर्वानुमान ?

यस्तो रहनेछ विहीबारको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुकाे न्यून प्रभाव रहेकाले माैसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो । अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ ।

गण्डकी प्रदेश र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।