काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव रहेकाले देशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसममा बदली भएको हो ।
अहिले देशका अधिकांश भू–भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।




प्रतिक्रिया