बर्दियामा मोटरसाइकलबाटै बाघले महिला थुतेर लग्यो, खोजी कार्य जारी

बर्दियामा मोटरसाइकलबाटै बाघले महिला थुतेर लग्यो, खोजी कार्य जारी


काठमाण्डु – बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले मोटरसाइकलबाटै थुतेर एक जना महिलालाई बेपत्ता पारेको छ ।

शुक्रबार राती निकुञ्जको बाटोमा मोटसाइकलको पछाडि बसेकी कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले थुतेर लगेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काकाअनुसार मोटरसाइकल उनका छोराले चलाएका थिए । बाघ देखेपछि उनका २२ वर्षीय छोरा सन्तोष थापाले मोटरसाइकल चलाएका थिए । सोही समयमा ती महिलालाई बाघले थुतेर लगेको थियो ।

भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलमा सवार महिलालाई बाघले बेपत्ता पारेपछि खाजीका लागि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जको टोली खटिएको प्रवक्ता खड्काले जानकारी दिए ।