नेपालगञ्ज – बर्दिया जिल्लाको मधुवन नगरपालिका–३ मा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट काली वंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले महिलामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।




प्रतिक्रिया