बाघको छाला र हड्डीसहित एकजना पक्राउ

बाघको छाला र हड्डीसहित एकजना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो ।

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।