बाघको मासु र हड्डीसहित सीआईबीको फन्दामा परे भरत महतो

बाघको मासु र हड्डीसहित सीआईबीको फन्दामा परे भरत महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाघको मासु र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ।

 

 

 

सीआईबीको टोलीले मासु र हड्डीसहित बाराको कोहल्वी नगरपालिका–८ नयाँबस्तीका भरत महतो कुसुवाहलाई पक्राउ गरेको हो।

 

 

 

बाघको मासु र हड्डीका ग्राहक खोज्दै हिँडेका कुसुवाहलाई सीआईबीको टोलीले एक किलोग्राम हड्डीसहित मासु बरामद गरेको छ।

 

 

 

उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६९१० अनुसार कारबाही अगाडि बढाइएको सीआईबीले जनाएको छ।

 

 

संरक्षित वन्यजन्तु बाघ मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान रहेको छ।