कोटेश्वरमा बाघको दारासहित एक जना पक्राउ

कोटेश्वरमा बाघको दारासहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बाघको दाराहरु लगायत एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ मुनिभैरव स्थित सडकखण्डमा आईतबार राति पक्राउ गरेको प्रहरी निरीक्षक सुभद्रा वाइवाले बताईन् ।

अबैध रुपमा वन्यजन्तुु चोरीसिकारी गरि बिक्रीवितरण प्रयोजनका लागि बाघको दाराहरु सहित नुवाकोट जिल्ला घर भएका २५ वर्षीय सुमन लामालाई पक्राउ गरिएको हो ।