खुला खोरभित्र पसेर बाघले गर्यो अर्नाको शिकार

खुला खोरभित्र पसेर बाघले गर्यो अर्नाको शिकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेको खुला खोरभित्र पसेर बाघले अर्नाको शिकार गरेको छ।

 

खोरभित्रको एउटा वयस्क पोथी अर्ना बाघले आक्रमण गरी मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

 

 

अर्नाको शरीर परीक्षण गर्न गएको टोलीले अर्ना नभेटिएपछि खोजी गर्दै जाँदा घटनास्थलबाट ६० मि पर झाडीमा अर्नाको आधा भाग बाघले खाएको अवस्थामा फेला परेको उनले बताए।