काठमाण्डु – नेपालीहरूको दोस्रो महान चाड तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ ।
शनिबार धनतेरसको दिन विशेष गरी तिहारको किनमेलका लागि निक्कै उत्तम मानिन्छ ।
यसदिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । त्यस कारणपनि सामान्य दिनको तुलनामा शनिबार बिहानैदेखि बजारमा भिड बढेको छ ।












प्रतिक्रिया