तिहारमा यी ४ प्रदेशमा वर्षाको सम्भावना, अधिकांश स्थानको तापक्रम घट्ने

तिहारमा यी ४ प्रदेशमा वर्षाको सम्भावना, अधिकांश स्थानको तापक्रम घट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तिहारमा देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।

तिहार विशेष मौसम बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भाइटीकाका दिनसम्म ४ प्रदेशमा पानी पर्ने जनाएको हो।

कात्तिक १५ देखि १८ गते अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै उक्त ३ दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

उक्त दिनमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ।