टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।

सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेका थिए ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।