भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ ।

हिन्दू धर्मावलम्बीमा तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने गर्छन् । भाइटीकाको साइत दिनभरि नै भए पनि उत्तम साइतबारे समितिले जानकारी दिएको छ ।