दसैँको टीका-जमरा तेस्रो दिन पनि लगाइँदै

दसैँको टीका-जमरा तेस्रो दिन पनि लगाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आश्विन शुक्ल पक्ष द्वादशी, बडादशैँको टीका आज तेस्रो दिन पनि लगाइँदै छ । मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज (बिहीबार) मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।