टीकापुर हत्याकाण्ड: ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीलाई आममाफी

टीकापुर हत्याकाण्ड: ८ वर्षदेखि जेलमा रहेका थप तीन कैदीलाई आममाफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदीले बाँकी कैद माफी पाएका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएका हुन् ।

जसअनुसार टीकापुर नगरपालिका-४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी आज रिहा हुने भएका छन्। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेलमा थिए।

एक बालक र प्रहरी अधिकारीहरुसहित ८ जनाको ज्यान गएको टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरी पनि सरकारको निगाहमा कैद माफी पाएर रिहा भइसकेका छन्।