टीकापुर हत्याकाण्डको बहस सकियो


काठमाडौं – टीकापुर हत्याकाण्डमा सुरक्षाकर्मी सहित ९ जनाको हत्या भएको घटनाको अदालतमा बहस सकिएको छ । वादीतर्फका दुई न्यायधिवक्ता र प्रतिवादी तर्फका ११ जना कानुन व्यवसायीहरूले बहस गरेको कैलाली जिल्ला अदालतले जनाएको छ।

कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्र कठायतले भने, ‘बहस सकिए पनि समय अभावका कारण फैसला हुन सकेन।’ उनले बुधबार यो घटनाको फैसला हुने बताए। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशमा घटनाको बहस भएको थियो।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको घटनामा संलग्न र मतियार सबैलाई सरकारले प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव संसदको राज्यव्यवस्था समितिको टीकापुर घटना अध्ययन गर्न गठित उपसमितिले दिएको थियाे । घटनामा प्रहरी वरिष्ठ उपरीक्षकसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement