काठमाडौं – तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेका भनिएका सांसद रशेम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३, ३ अनुसार जन्मकैद हुने फैसला गरिएको अदालतको फैसलामा उल्लेख छ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एसएसपी र एक नाबालकसहित ९ जनाको हत्या भएको थियो। घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।
यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी, विश्रम भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० गते रिहा हुने फैसलामा उल्लेख छ ।




प्रतिक्रिया