प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै अधिवक्ताले प्रधानन्यायाधीशलाई सोधेः यस्तो पनि हुन्छ र श्रीमान् ?

प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै अधिवक्ताले प्रधानन्यायाधीशलाई सोधेः यस्तो पनि हुन्छ र श्रीमान् ?


काठमाण्डु – अधिवक्ता टीकाराम भट्टराईले संसद विघटनामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । अधिवक्ता भट्टराईले संसद विघटन गर्दा राष्ट्रपति भण्डारीले न्युनतम मर्यादा पनि नराखेकोमा असन्तुष्टी जनाएका छन् ।

संसद विघटनको रिटमाथि बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले संविधानले राष्ट्रपतिलाई प्राप्त सिफारिसबारे परामर्श गर्ने, पुनर्विचार गर्ने, फर्काउने र सचेत गराउन सक्ने अधिकार दिए पनि राष्ट्रपति भण्डारीले ‘निमेशभरमा सिफारिस प्रमाणीकरण गरेको बताए ।

‘सम्माननीय रास्ट्रपतिले संविधान उलंघन गर्नुभयो । हिजो राजाले गरेको जति न्युनतम मर्यादा पनि कुल्चिनु भएको छ’ उनले भने ।

अधिवक्ता भट्टराईले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलमाथि व्यंग्य गरेका छन् । उनले संविधान निर्माण गर्दा विगतका खराबी हटाउन विघटनको अधिकार हटाइएको भन्दै प्रमाण चाहिए नेम्वाङ र खरेलको भिडिओ देखाउन आफू तयार रहेको बताए ।

उनले संसदीय व्यवस्थामा केपी शर्मा अ‍ोली बाहेक अरु कोही पनि प्रधानमन्त्री बन्नै नसक्ने भन्ने हुन्छ ? भन्द्र प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबरालाई प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्री ७६ ‘२’ बाट ‘१’ मा कहिले परिवर्तन भयो, श्रीमानले केलाई आधार मान्नुहुन्छ ? । केपी ओलीबाहेक कोही प्रधानमन्त्री बन्नै सक्दैन, त्यसैले विघटन गरेँ, यस्तो पनि हुन्छ र श्रीमान् संसदीय व्यवस्थामा ? संविधानको मर्म यही हो’, उनले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री बनायो, अर्को प्रधानमन्त्री पनि संसदले बनाउनसक्छ । उहाँले वञ्चित गर्नुभयो । बिघटनको अधिकार प्रयोग गर्ने प्रधानमन्त्रीले संसदलाई छल्न पाउँदैन ।’