टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय बदरको माग राखेर दर्ता भएका १५ रिटहरूको सुनाइका लागि आज पेसी तोकीएको छ ।

उक्त रिटहरु सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले गरेको नेपालमा टिकटक चल्न नदिने निर्णय विरुद्ध १५ वटा छुट्टाछुट्टै रिट दर्ता भएका हुन्। यो मुद्दा आइतवार ‘हेर्न नभ्याइने’मा परेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, सञ्चार तथा सूचना तथा संचार प्रविधि मन्त्रालय र नेपाल दुरसंचार प्राधिकरणलाई प्रतिवादी बनाइएको रिटमाथि मंगलबार न्यायाधीश शर्माको एकल इजलासमा सुनुवाइ हुन लागेको छ ।