सर्वाेच्चले भन्यो – टिकटक बन्द रहँदा अपुरणीय क्षति पुग्न जाने तथ्यपरक आधार देखिएन

सर्वाेच्चले भन्यो – टिकटक बन्द रहँदा अपुरणीय क्षति पुग्न जाने तथ्यपरक आधार देखिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध कायमै रहँदा अपूरणीय क्षति पुग्न जाने बलियो आधार पेश हुन नसकेकाले अन्तरिम आदेश जारी नहुने ठहर गरेको छ ।

टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेकोमा बिहीबार लिखित आदेश आएको छ ।

आदेशअनुसार सर्वोच्च अदालतले रिट निवेदकहरूले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न मिलेन ।

आदेशमा उल्लेख छ, ‘टिकटकको वैधानिकता, नेपाल कानूनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरूलाई अपुरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’

न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्ध लगाउनेबारे सरकारले गरेको निर्णय, सरकारले जारी गरेको निर्देशिका मगाउने आदेश गरेको छ ।