टिकटक बनाउँदा पुलबाट खसेका युवकको मृत्यु

टिकटक बनाउँदा पुलबाट खसेका युवकको मृत्यु


काठमाण्डु – टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु भएको छ ।

टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर युवक गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार शनिबार दिउँसो बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुंगे पुलबाट ती युवक खससेका थिए ।