जगाती–कोटेश्वर सडकमा लागू भयो टाइमकार्ड

जगाती–कोटेश्वर सडकमा लागू भयो टाइमकार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दुर्घटना कम गर्ने उद्देश्यले मंगलबारदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म चल्ने गाडीमा टाइमकार्ड लागू गरेको छ।

सडकमा तीव्र गतिका कारण दुर्घटना भएर धेरैले ज्यान गुमाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले टाइमकार्ड लागू गरेको हो। अब कोटेश्वर–जगाती सडकमा ट्रक, टिपर, भ्यानलगायत गाडीले प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र गुड्न पाउने भएका छन्।

जगाती–कोटेश्वर सडकको बाँयातर्फ मालबाहक र सार्वजनिक गाडी दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कुटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी पनि महाशाखाले गरेको छ।

आजदेखि पीक आवरमा टिपर चलाउन पनि सरकारले रोक लगाएको छ। भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।