जल्दै गरेको सिंहदरबार र सगरमाथामा आरोहीको भीड टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा

जल्दै गरेको सिंहदरबार र सगरमाथामा आरोहीको भीड टाइम म्यागेजिनको उत्कृष्ट १०० तस्वीरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व प्रसिद्ध टाइम म्यागेजिनले संसारको उत्कृष्ट तस्बिरमा नेपालका दुई तस्बिर पनि समावेश गरेको छ ।

टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट एक सय तस्वीरमा नेपालका दुई तस्वीर पनि परेका हुन् ।

‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित एक सय वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खितेको सगरमाथामा आरोहीहरूको भीडको तस्वीर र एएफपीका लागि प्रवीण रानाभाटले खिचेको नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको तस्वीर परेका हुन् ।

गएको भदौ २४ गतेको आगजनीका क्रममा सिंहदरबारको र मे १८ मा आरोहण चलिरहँदा सगरमाथाको फोटो खिचिएका हुन् ।