साम्राज्ञी स्टारर ‘तिमीसँग’ काे ट्रेलर यस्तो बन्यो

साम्राज्ञी स्टारर ‘तिमीसँग’ काे ट्रेलर यस्तो बन्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक भएको छ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर ‘तिमीसँग’ ट्रेलर आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो। ट्रेलरमा प्रेम, बिछोड, एक्सन र रोमान्सका दृष्यलाई समेटिएको छ। ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन, शिशिर राना फिचरिङ छन्।

शिशिर रानाले निर्देशन गरेको फिल्म नमन प्रोडक्सनुको व्यानरमा निर्मित हो। फिल्ममा राहुल मुखर्जी, दीपक पाठक र रिदम कँडेलको संगीत छ। सुशील क्षेत्रीले खिचेको फिल्मलाई बनीष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

चैत २३ लाई प्रदर्शन मिति तय गरेको यस फिल्मले यसअघि एक गीत रिलिज गरेको छ, जुन गीत पनि हिट गीतको सूचीमा पर्छ।