तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटियो

तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको तीनकुनेस्थित बागमती खोलाको पुलमुनि एक पुरूषको शव भेटिएको छ ।

मंगलबार दिउँसो भिएस निकेतन स्कूल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले जानकरी दिए ।

शव खोलाबाट बाहिर निकालिसकेपनि कसको हो भन्ने पहिचान भईनसकेको डिएसपी बस्नेतले बताए । ती व्यक्तिको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।