काठमाण्डु– प्रहरीले गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको राजावादीको हिंसात्मक घटनाको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
प्रहरीले शुक्रबार १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमार्फत प्रहरीले प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ वटा मुद्दामा अभियोजन गर्न राय दिएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीले राय दिएको छ ।




प्रतिक्रिया