कलंकीको सुरुङमा टिपरले मान्छे मार्‍यो, टिपर फरार

कलंकीको सुरुङमा टिपरले मान्छे मार्‍यो, टिपर फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् ।

०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।