कालोपत्रे सडकमा टिपर भाँसियो

कालोपत्रे सडकमा टिपर भाँसियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – विराटनगरमा भर्खरै कालोपत्र गरेको सडकमा टिपर भासिएको छ । सोमबार साँझ विराटनगर– १० को पिपल चोकमा कालोपत्रे सडकमा रोकेर राखेको अवस्थामा टिपर भाँसिएको हो ।

सो सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत निर्माण गरिएको सडक नै भासिएको छ ।

सोमबार साँझ सडकमा बोहोरा निर्माण सेवाको बालुवा बोकेको को १ क ३१७२ नम्बरको टिपर कालोपत्रे सडकमा भासिएपछि राति महानगरपालिकाले निकालेको थियो ।