अझै रोकीएन टिपर आतंक, ट्रिपरको ठक्करबाट फेरी एक जनाको मृत्यु

अझै रोकीएन टिपर आतंक, ट्रिपरको ठक्करबाट फेरी एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले उपत्यकामा दिउँसो ठूला मालबाहक सवारी साधन चलाउन निषेध गरे पनि उपत्यका बाहिर अझै टिप्पर आतंक रोकिएको छैन् ।
सोमबार दिउँसो बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका ४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् । घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले टाइम कार्ड लागू गरेको थियो । तर, अझै ट्रिपर आतंक रोकिएको छैन ।